Flash News श्रीमती हत्या गरी छिमेकीको खेतमा गाड्ने श्रीमान् र सासू पक्राउ हेर्नुहोस भिडियो सहित | �
8:56 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
बीस वर्षीया श्रीमती रमावती देवीको शव घर नजिकै रहेको नागेश्वर साह तेलीको खेतमा गाडेको अवस्थामा शुक्रबार साँझ बरामद भएपछि श्रीमान् मण्डल र सासू गदनी देवीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो ।

रमावती देवीको हत्या गरी ससुराली पक्ष फरार भएको प्रहरीलाई सूचना प्राप्त भएपछि प्राप्त सूचनाका आधारमा तेलीको खेतमा गाडिएको शव खनी बरामद गरेपछि भारतीय गाउँ सेनवरीमा लुकी बसेका श्रीमान् र सासूलाई स्थानीयवासीको सहयोगमा शुक्रबार पक्राउ गरी ल्याइएको डिएसपी बोगटीले बताउनुभयो ।
रमावती देवीको शव वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा परीक्षण गराइएको प्रहरीले बताएको छ । रमावती देवीलाई विष सेवन गराई हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेको श्रीमान् र सासूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी अनुसन्धान भइरहेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments